Tuesday, December 11, 2018

राष्ट्रिय सभाको निर्वाचनपछि मात्रै नयाँ सरकार : कानुन मन्त्री

प्रकाशित मिति: 2017/12/18

काठमाडौं । कानुन मन्त्री यज्ञबहादुर थापाले राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि अध्यादेश तत्काल प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीसँग आग्रह गरेका हुन् । उनले  राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि अध्यादेश संविधान सम्मत भएको दावी समेत गरे ।  सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री थापाले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश जारी नगरेर मुलुकलाई चक्रव्यूहमा फसाउन नहुने तर्क पनि गरे । 

 राष्ट्रिय सभाको निर्वाचन नभई संघीय संसद नबन्ने र प्रतिनिधिसभाले पनि पूर्णता नपाउने उनको  दावी छ । मन्त्री थापाले राष्ट्रिय सभाको निर्वाचन नभई नयाँ सरकार बन्न नसक्ने दावी पनि गरे । उनले बाम गठबन्धनका नेताहरुले प्रतिनिधिसभाबाटै सरकार निर्माण हुने भनि गरिएको तर्क उपयुक्त नभएको भन्दै आपत्ति जनाए ।  उनले राष्ट्रिय सभाको निर्वाचन भएपछि मात्रै नयाँ सरकार बन्ने बाटो खुला हुने पनि बताए । मन्त्री थापाले राष्ट्रिय सभाको निर्वाचन गर्न ढिलाई भए सरकार गठन प्रक्रियामा पनि ढिलाई हुने स्पष्ट पारे । 

तपाईंको बिचार