Thursday, January 18, 2018

सरकार निर्माण र पार्टी एकता सँगसँगै : माओवादी

प्रकाशित मिति: 2017/12/18

काठमाडौं । नेकपा माओवादी केन्द्रले  सरकार निर्माण र पार्टी एकता  सँगसँगै हुनुपर्ने निष्कर्ष निकालेकोे छ । 

बैठकले राष्ट्रिय सभाको निर्वाचन राजनीतिक विषय भएको भन्दै  हाल देखिएको विवाद  राजनीतिक सहमतिको आधारमा हल गरिनुपर्नेमा जोड दिएको छ । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले  सरकार निर्माणर  पार्टी एकताको कुरा सँगसँगै हुनुपर्ने बैठकले निश्कर्ष निकालेको बताइन् ।  

बैठकले  सफलता पूर्वक चुनाव सम्पन्न गराएकोमा सरकारलाई धन्यवाद दिँदै वाम गठबन्धनलाई मत दिई अत्याधिक बहुमत दिलाउने जनतालाई पनि धन्यवाद दिएको छ । 

तपाईंको बिचार