Tuesday, December 11, 2018

प्रदेश सभाको समानुपातिक सिट आज बाँडफाँट

प्रकाशित मिति: 2017/12/21

काठमाडौं । निर्वाचन आयोगगले प्रदेश सभा सदस्य निर्वाचनतर्फ समानुपातिकतको सिट बाँडफाँट आज गर्ने भएको छ। बिहीबार अबेरसम्म भए पनि सिट बाँडफाँट सक्ने आयोगको तयारी छ। बिहीबार समय अभावमा सिट बाँडफाँट नभएमा शुक्रबार बाँडफाँट हुनेछ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन क्षेत्रबाट प्रारम्भिक रुपमा प्राप्त भएको तथ्याङ्क प्रशोधन भइरहेको बताए। ढकालले तथ्याङ्क पुनः परीक्षण सकेर आजै सिट बाँडफाँटको तयारी रहेको पनि बताए।

उनले भने ‘तथ्याङ्क प्रशोधनको काम भइरहेको छ। आज रातिसम्म प्रदेशतर्फको सिट बाँडफाँट हुन्छ।’ कूल एक करोड ५ लाख ८७ हजार ५२१ मत खसकोमा प्रदेशतर्फ ९० लाख १९ हजार ३३० मतमात्र सदर भएको छ। १५ लाख ६८ हजार १९१ मत बदर भएको छ। बदर मत १४ दशमलव ८१ प्रतिशत हो।

तपाईंको बिचार