Wednesday, September 26, 2018

राष्ट्रपति र प्रधानमन्त्रीसहित काङ्ग्रेसका शीर्ष नेताबीच छलफल सुरु

प्रकाशित मिति: 2017/12/22

काठमाडौं । राष्ट्रियसभा निर्वाचन अध्यादेशमा सहमति जुटाउन आज बसेको प्रमुख ५ दलको बैठक विना निश्कर्ष सकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री लगायत काङ्ग्रेसका शीर्ष नेतालाई छलफलका लागि शीतलनिवास बोलाएकी हुन् ।

शीतलनिवासमा जारी छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, काङ्ग्रेस नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सहभागि छन् ।

राष्ट्रपति भण्डारीका प्रेश सल्लाहकार माधव शर्माले पछिल्लो राजनीतिक विषयमा परामर्श गर्न राष्ट्रपतिले काङ्ग्रेस नेताहरुलाई बोलाएको बताए ।

तपाईंको बिचार