Tuesday, December 18, 2018

राष्ट्रपतिलाई अध्यादेश जारी गर्न फोरम नेपालको सुझाव

प्रकाशित मिति: 2017/12/24

काठमाडौं । संघीय समाजवादी फोरम नेपालले राष्ट्रियसभा सम्वन्धी अध्यादेश तत्काल जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिएका छन् ।

दलहरुसँग परामर्शका क्रममा रहेका राष्ट्रपतिले आइतबार फोरम अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँग छलफल गरेकी हुन् । शीतल निवासमा भएको भेटमा फोरम नेताहरुले भने अध्यादेश नरोक्न सुझाव दिएका छन् ।

राष्ट्रपति भण्डारीले चुनाव प्रणालीबारे दलहरुबीच विवाद देखिएको भन्दै फोरमको धारणा मागेकी छन् ।

तपाईंको बिचार