Wednesday, June 20, 2018

एमाले र माओवादीको आज संयुक्त बैठक बस्ने तयारी

प्रकाशित मिति: 2017/12/26

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएपछि संयुक्त बैठक बस्ने तयारी गरिएको छ । साथै नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु आज छलफलमा जुट्दैछन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि गठित एकता संयोजन समितिको बैठक प्रचण्डको अनुपस्थितिमा बस्न सकेको छैन। निर्वाचनपछि एकपटक पनि दुई पार्टीको बैठक बसेको छैन। ‘प्रचण्ड’ले चितवनबाट फर्किए लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने कार्यक्रम छ।

‘प्रचण्ड’ले राजधानी बाहिर रहँदा दिएका अभिव्यक्तिका कारण एमालेभित्र संशय पैदा भएको छ। ‘प्रचण्ड’ले चितवनमा सरकारमा आलोपालो नेतृत्वको सहमति भएको बताएका थिए। त्यस्तै, राष्ट्रिय सभामा कांग्रेसको आवश्यकता रहेको बताउँदै एकल संक्रमणीय निर्वाचन प्रणालीमा लचकता देखाएका थिए ।

तपाईंको बिचार