Wednesday, June 20, 2018

ओली र प्रचण्डबीच भेटवार्ता, एक दुई दिनमै पार्टी एकता संयोजन समितिको बैठक

प्रकाशित मिति: 2017/12/27

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

बुधबार दिउँसो ओली निवास बालकोटमा दुर्इ नेताबीच भेटवार्ता भएको हो । भेटमा उनीहरूबीच पार्टी एकता, सरकार गठन, राष्ट्रियसभा अध्यादेश लगायतका विषयमा छलफल भएको छ ।

दुई अध्यक्षबीच राजनीतिक वातावरण सहज बनाएर पार्टी एकतालाई अघि बढाउने समझदारी भएको समेत बताइएको छ । केही दिनभित्रमै संयोजन समितिको बैठक बोलाएर पार्टी एकताको प्रक्रिया अघि बढाउने समझदारी समेत भएको छ । 

तपाईंको बिचार