Thursday, January 18, 2018

आज प्रदेशसभाका सांसदको सूची बुझाउने अन्तिम दिन

प्रकाशित मिति: 2017/12/29

काठमाडौं । राजनीतिक दलहरुले प्रदेशसभातर्फको समानुपातिकको सांसद टुंगो लगाउन निर्वाचन आयोगले दिएको समयसीमा आज अन्तिम दिन हो । 

निर्वाचन आयोगका अनुसार बिहीबार नेमकिपा, साझा विवेकशील र दुई नम्बर प्रदेशमा एक सिटमात्र पाएको नेपाल संघीयसमाजवादी पार्टीले समानुपातिकको सूची बुझाएका छन् । नेकपा एमालेले प्रदेशसभामा समानुपातिकतर्फ पाएको ७५ सांसदको नामावली बिहीबार नै टुंगो लगाइसकेको छ । कांग्रेस र माओवादी नाम टुंगो लगाउन आन्तरिक गृहकार्यमा छन् । कांग्रेसले ७२ र माओवादीले ३५ सिट पाएका छन् । यसैगरी संघीय समाजवादी फोरम नेपालले १३, राजपाले १२, राप्रपाले ३, साझा विवेकशीलले ३ र राष्ट्रिय जनमोर्चाले २ सिट पाएका छन् । नयाँ शक्ति, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राप्रपा प्रजातान्त्रिकले भने प्रदेशसभामा १.१ समानुपातिक सिट पाएका छन् ।

तपाईंको बिचार