Wednesday, June 20, 2018

अध्यादेश बारे राष्ट्रपति कार्यालयमा छलफल जारी

प्रकाशित मिति: 2017/12/29

काठमाडौं । राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश जारी के गर्ने भन्ने विषयमा राष्ट्रपति कार्यालयमा अहिले छलफल सुरु भएको छ । 

सरकारले दुई महिनाअघि एकल संक्रमणीय निर्वाचन प्रणालीमार्फत् राष्ट्रिय सभाको चुनाव गर्ने गरी अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको थियो।

पछिल्लो समय एमालेले राष्ट्रिय सभाको चुनाव एकल संक्रमणीय आधारमा नभई बहुमतीय आधारमा हुनुपर्ने बताउँदै आएको थियो, भने अहिले यस विषयमा एमाले पनि केही लचक देखिएको छ । अन्य सबै दल एकल संक्रमणीयका पक्षमा उभिएपछि एमाले पनि यही कारण राजनीतिक गतिरोध लम्ब्याउन नहुने निष्कर्षमा पुगेको छ।

मन्त्रिपरिषद्ले पठाएको अध्यादेश राष्ट्रपतिले रोक्ने संवैधानिक अधिकार नभएकाले तत्काल अध्यादेश जारी हुनु पर्ने सरकारको अडान थियो।

तपाईंको बिचार