Wednesday, June 20, 2018

प्रदेश नम्बर ३ को केन्द्र नुवाकोटमा राख्नुपर्ने कांग्रेसको माग

प्रकाशित मिति: 2017/12/30

काठमाडौं । नेपाली कांग्रेस नुवाकोटले प्रदेश नम्बर ३ को केन्द्र नुवाकोटमा राख्नुपर्ने माग गरेको छ । कांग्रेस नुवाकोटले विभिन्न आधारमा प्रदेश नम्बर ३ को केन्द्र नुवाकोटमा गर्नुपर्ने माग प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राखेको हो । 

पार्टी जिल्ला सभापति जगदिश नरसिंह केसी, कोषाध्यक्ष महेन्द्र थिङ, क्षेत्रीय सभापति जगत तामाङ र महासमिति सदस्य रमेश कुमार महतद्धारा हस्ताक्षरित उक्त माग पत्रमा प्रदेशको केन्द्र नुवाकोटमा राख्नुपर्ने कारणहरु प्रस्तुत गरिएको छ ।  

पहिला केही समय देशको राजधानी नुवाकोटमै रहेको, नुवाकोट हुँदै मध्यपहाडि लोकमार्ग तथा गल्छी रसुवागढि केरुङ सडक निर्माण भइरहेको हुनाले यो जिल्ला नेपालभित्र मात्रै नभई छिमेकी चीन र भारतको केन्द्र रहेकोलगायतका कारण प्रदेशको केन्द्र यहाँ राख्दा आर्थिक विकासमा टेवा पुग्ने मागपत्रमा उल्लेख गरिएको छ । 

तपाईंको बिचार