Thursday, January 18, 2018

माओवादी केन्द्रको बिस्तारित बैठक बस्दै

प्रकाशित मिति: 2018/01/02

काठमाडौं । नेकपा एमालेसँगको पार्टी एकता तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बिस्तारित बैठक आज बस्दैछ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। 

चुनावी समीक्षा, पार्टी एकताका लागि भइरहेको प्रयास तथा सरकार गठनका विषयमा छलफल केन्द्रित हुनेछ। माओवादी केन्द्र सरकार गठन र पार्टी एकतालाई समानान्तर रुपमा अघि बढाउने रणनीतिमा छ। पार्टी एकीकरणको प्रयास भइरहे पनि पछिल्लो समयमा एकता संयोजन समितिको बैठक बस्न सकेको छैन। 

तपाईंको बिचार