Thursday, January 18, 2018

प्रदेश प्रमुख नियुक्ति गर्न अझै अन्योल

प्रकाशित मिति: 2018/01/04

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सकिएको छ। प्रदेश प्रमुख र अस्थायी सदमुकाम तोक्ने विषयमा अझै पनि अन्योलता नै रहेको देखिएको छ । विहिबार प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने प्रस्ताव गरे पनि एमालेका नेताहरुले त्यसमा छलफल नै गर्न नखाजेको बताइएको छ । 

प्रदेश प्रमुख नियुक्त नहुँदा प्रदेशसभाले पूर्णता पाउन सकेको छैन । त्यस्तै अस्थायी राजधानी नतोक्दा हालसम्म पनि प्रदेशसभा रहने स्थानको टुंगो लाग्न सकेको छैन । बैठकमा सहभागी एमाले उपाध्यक्ष भीम रावलले भने चाँडो भन्दा चाँडो नयाँ सरकार निर्माण गर्ने बाटो खोल्न प्रधानमन्त्रीलाई आग्रह गरेको बताए। उपाध्यक्ष रावलले भने, सरकारले विभिन्न बहानमा सरकार लम्वाउने काम गर्नुभएन।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने सरकार काम चलाउ भइसकेकाले नीतिगत निर्णयहरु नगर्न सुझाव दिएको बताए।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री देउवाले दोस्रोपटक सर्वदलीय बैठक आह्वान गरेका हुन्। बैठकमा पाँच दलका शीर्ष नेता उपस्थिति भएपनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भने उपस्थिति भएनन्। 

तपाईंको बिचार