Tuesday, December 11, 2018

पाँच वर्षभित्र नयाँ युगको अनुभव हुन्छ : प्रचण्ड

प्रकाशित मिति: 2018/01/05

चितवन । माओवादी केन्द्रका अध्यक्ष तथा प्रचण्डले चितवनलाई देशकै आर्थिक राजधानी बनाउने प्रतिवद्धता जनाएका छन् । चितवन उद्योग संघको नवौं अधिवेशन उद्घाटन समारोहलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले चितवनमा आर्थिक सम्वृद्धिको सम्भावना रहेको भन्दैं आर्थिक नगरीका रुपमा अघि बढाउने बताए । 

अधिवेसनलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले अबको ५ वर्षमा विकास निर्माणलाई गति दिन तथा नेपाल र नेपाली जनताको अर्थिक अवस्था परिवर्तन गर्न नसके मुलुक असफल राष्ट्र हुने दाबी समेत गरे । ५ वर्षभित्र नयाँ युग आएको र परिवर्तन सम्भव छ भन्ने जनतालाई बुझाउन सके दशकौँसम्म नेपालको राजनीति स्थिर बन्ने बताए । 

अध्यक्ष प्रचण्डले आर्थिक राजधानीसँगै चितवनलाई केन्द्रीय र प्रादेशिक राजधानी बनाउन पनि प्रयास भइरहेको दाबी गरे । राजनीतिक क्रान्तिको फेज सकिएको भन्दै अब आर्थिक क्रान्तिको दशक शुरु भएको उनको भनाई छ । अब बन्ने सरकारले निजी क्षेत्रलाई पनि साथमा नै लिएर अघि बढ्ने हुँदा गलत हल्लाका पछाडि नलाग्न उनले व्यवसायीहरुलाई अनुरोध गरे ।

तपाईंको बिचार