Wednesday, September 26, 2018

एमालेले स्थायी समितिको बैठक बोलायो

प्रकाशित मिति: 2018/01/07

काठमाडौं । एमालले पार्टी स्थायी समितिको बैठक सोमवार दिउँसो दुई बजे पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा बस्नेत भएको छ । बैठकमा माओवादीसँगको एकता, सरकार गठनमा भएका ढिलाई र पार्टी अध्यक्षको उपचार भ्रमणलगायतका विषयमा छलफल हुने हुने बताइएको छ । 

शक्ति बाँडफाँडका विषयमा सहमति नजुट्दा एमाले र माओवादीवीचको एकता प्रक्रियाका संवाद रोकिएको छ । उता राष्ट्रिय सभाको गठनमा भएको ढिलाईले सरकार निर्माणको प्रक्रिया पनि अगाडि बढेको छैन् । राष्ट्रिय सभाको चुनावपछिमात्र समानुपातिक तर्फको प्रतिनीधिसभाको नतिजा सार्वजनिक हुनेछ । 

समानुपातिक सभासद् चयन, सरकार निर्माणको र ओलीको नियमति स्वास्थ्य जाँचका लागि यहीँ साता वैंकक जान विषयमा पनि छलफल हुनेछ । 

तपाईंको बिचार