Thursday, January 18, 2018

एमाले स्थायी कमिटी बैठक ओली निवासमा सुरु

प्रकाशित मिति: 2018/01/08

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सुरु भएको छ। माओवादी केन्द्रसँग पार्टी एकता लगायतका विषयमा छलफल गर्न स्थायी कमिटिको बैठक बसेको हो।

 पार्टी एकताबारे आइतबार साँझ दुई पार्टी अध्यक्ष बीच छलफल भएको थियो। छलफलपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता संयोजन समितिबाट पार्टी एकता प्रक्रियालाई छिट्टै टुंगोमा पुर्‍याउनका लागि वैचारिक, राजनीतिक काम र सांगठनिक काम दुईवटै काम गर्नका निम्ति एउटा टिम बनाएर जिम्मा दिने सहमति भएको प्रतिक्रिया दिएका थिए।
 
आजको एमाले स्थायी कमिटी बैठकले पार्टी एकताको विषयमा आफनो अवधारण बनाउने छ। अध्यक्ष ओली स्वास्थ्य परिक्षणको लागि बुधबार बैंकक जाने भएपछि अहिलेको विकशित राजनीतिबारे छलफल गर्न बैठक बोलाएका थिए।

तपाईंको बिचार