Wednesday, September 26, 2018

डा. केसीको मुद्दामा न्यायाधीश मिश्र र चालिसेले बयान लिने

प्रकाशित मिति: 2018/01/09

काठमाडौं । डा. गोविन्द केसीको अपहेलना मुद्दा सुनुवाइका लागि सर्वोच्च प्रशासनले इजलास ताकेको छ। न्यायाधीशद्धय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा केसीको बयान हुने भएको छ । बयान सकिएपछि सोही इजलासले केसीको मुद्दामा सुनुवाइ गर्नेछ। 

बिहान कार्यालय समयअघि नै केसीलाई अदालतमा पेश गरिए पनि इजलास तोक्न ढिलाइ गरिएको थियो। दैनिक पुरक पेशी सूचीमा इजलास तोकिएको हो। इजलास तोक्नुअघि सर्वोच्चको फूलकोर्ट (सबै न्यायाधीश सम्मिलित बैठक) बसेको थियो। फूलकोर्टको निर्णयपछि इजलास तोकिएको हो।

अदालतको अपहेलना गरेको अभियोगमा सर्वोच्च प्रशासनको टिप्पणीले केसीविरुद्ध सोमबार मुद्दा चलाइएको थियो। सोमबार नै केसीलाई बयानका लागि हाजिर गराउन सर्वोच्चले आदेश जारी गरेको थियो। 

तपाईंको बिचार