Tuesday, December 11, 2018

आज एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक बस्दै

प्रकाशित मिति: 2018/01/09

काठमाडौं । आज पहिलोपटक नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बस्दै छ । बैठक दिउँसो तीन बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने छ ।

बैठकले राजनीतिक बैचारिक र पद बाँडफाँटको विषय मिलाउन छुट्टाछुट्टै कार्यदल गठन गर्ने नेताहरुले बताएका छन् । एकता संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल छन् । यसैगरी माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सदस्य छन् ।

पार्टी एकता संयोजन समितिको बैठकअघि ओली र प्रचण्डले पटक पटक भेटवार्ता गरेका थिए ।  दुबै दलका नेताहरुले पार्टी एकता र नयाँ सरकार गठन सँगसँगै अघि बढाउने तयारीसमेत गरेका छन् ।

तपाईंको बिचार