Tuesday, December 11, 2018

काम सुरू गर्न कार्यदललाई ओली र प्रचण्डको निर्देशन

प्रकाशित मिति: 2018/01/10

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन, प्रदेश सरकार र संसदको जिम्मेवारीबारे गृहकार्य गर्न गठन गरिएको कार्यदललाई अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले निर्देशन दिएका छन् ।

बैठकमा अध्यक्षद्वयले कार्यदलले काम गर्ने कार्यबिधि र कार्यदेशका बारेमा दिशानिर्देश समेत गरेका थिए । कार्यदलले राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामुख लगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेश गर्नेछ ।

प्रतिवेदन तयार पार्दा दुबै दलले प्राप्त गरेको जनमत, व्यक्तित्व र योगदान, पार्टी एकताको गति र सन्तुलनलाई आधार बनाउने जनाएको छ । कार्यदलले बिहीबारबाट नै काम सुरु गरेर छिटो प्रतिवेदन पेश गर्ने र प्रतिवेदन भन्दा पहिलेनै पार्टी एकता भएमा कार्यदलको प्रतिबेदनसहित बाँकी जिम्मेवारी स्वतः एकीकृत तहको शीर्ष कमिटीमा जाने भएको छ ।

कार्यदलमा माओवादीबाट रामबहादुर थापा, बर्षमान पुन र मातृका यादव रहेका छन् भने एमालेबाट सुवास नेम्वाङ, शङकर पोखरेल र सुरेन्ऽ पाण्डे रहेका छन् ।

तपाईंको बिचार