Wednesday, September 26, 2018

सर्वोच्च इजालसबाटै डा. केसीले भनेः पराजुली भ्रष्ट र माफिया हुन्

प्रकाशित मिति: 2018/01/10

काठमाडौं । डा गोविन्द केसीले सर्वोच्च अदालतको कठघराबाटै प्रधान न्यायाधीश गोपाल पराजुली भ्रष्ट भएको बताएका छन्। उनले पराजुली भष्ट भएको र आफुले पुष्टि गर्न सक्ने बताएका हुन्। 

बयान दिने क्रममा डा. केसीले आफूले प्रधान न्यायाधीश पराजुलीलाई भ्रष्ट र माफिया भनेको स्वीकार्दै भने, म सार्वभौम देश्को नागरिक  हुँ। मलाई वाक स्वतन्त्रताको अधिकार  छ। मैले पराजुलीलाई माफिया र भ्रष्ट भनेकै हुँ। केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको सर्वोच्चका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा बहस भइरहेको छ। अदालतको आदेशमा प्रहरीले केसीलाई सोमबार पक्राउ गरेको थियो।

तपाईंको बिचार