Saturday, November 23, 2019

आज बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी

प्रकाशित मिति: 2018/01/12

काठमाडौं । आज बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको सिफारिस र प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरेको छ। 

कानुनमन्त्री यज्ञबहादुर थापाले प्रदेश प्रमुख र अस्थायी राजधानीका विषयमा छलफल हुने बताए। थापाले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका प्रभावित भने नहुनेगरी सरकारले गृहकार्य गरिरहेको पनि बताए।  सरकारको सिफारिसमा प्रदेश प्रमुखलाई राष्ट्रपतिले नियुक्ति दिने संवैधानिक व्यवस्था छ। प्रदेशको अस्याथी राजधानी भने सरकारले तोक्नेछ। स्थायी राजधानी भने सम्वन्धित प्रदेश सभाले नै तय गर्नेछ। 

तपाईंको बिचार