Saturday, June 23, 2018

माओवादीका मन्त्रीहरूले दिए राजीनामा

प्रकाशित मिति: 2018/01/12

काठमाडौ । माओवादीका बिना विभागीय मन्त्रीहरूले आज राजीनामा दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका मन्त्रीहरूलाई बिना विभागीय बनाए पनि  प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुनिश्चितताको लागि भन्दै बिना विभागीय भएपनि माओवादी मन्त्री सरकारमा बसिरहेका थिए।

माओवादी केन्द्र र नेकपा एमालेबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले चार महिना अघि बिना विभागीय बनाएका थिए । त्यति बेला राजीनामा नदिए पनि माओवादी मन्त्रीहरूले आज प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाएका हुन्। 

तपाईंको बिचार