Friday, October 18, 2019

निर्वाचन आयोगले पाँच दलको बैठक बोलायो

प्रकाशित मिति: 2018/01/16

काठमाडौं ।  प्रदेश प्रमुखको नियुक्ति तथा एकल संक्रमणीय निर्वाचन प्रणालीको निर्वाचन पद्दति लगायतका विषयमा छलफल गर्न निर्वाचन आयोगले पाँच दललाई छलफलमा बोलाएको छ। प्रदेश प्रमुख नियुक्त नहुँदा राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका नै प्रभावित हुने देखिएपछि आयोगले राजनीतिक परामर्श सुरु गरेको हो।

यसअघि आयोगले माघ ५ भित्र प्रदेश प्रमुख नियुक्त गर्न औपचारिक रुपमा नै आग्रह गरेको थियो। एकल संक्रमणीय निर्वाचन प्रणालीमा जाने यकिन भए पनि मतगणना विधि लगायतमा आयोग अझै परामर्शमा छ। आयोग प्रवक्ता नवराज ढकालले पाँच दललाई दिउँसो १ बजे परामार्शमा बोलाएको बताए।

आयोगले नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल तथा राष्ट्रिय जनता पार्टीलाई छलफलमा बोलाएको हो।

तपाईंको बिचार