Monday, June 17, 2019

चार बजे मन्त्रिपरिषद्को बैठक बस्दै

प्रकाशित मिति: 2018/01/16

काठमाडौं । सरकारले आज सातै प्रदेशका प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गरेको छ। सो विषयमा निर्णय गर्न दिउँसो साढे ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको बालुवाटार स्रोतले जानकारी दियो । मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख तोक्नुका साथै प्रदेशको कार्य सञ्चालन गर्ने गरी अस्थायी केन्द्र तोक्न लागेको हो ।


प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने बताउँदै आए पनि सहमति जुट्न नसकेपछि यी दुवै निर्णय आफैँ गर्न लागेका हुन् । यही निर्णय गर्न देउवाले मंगलबार दिउँसो चार बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै माघ ४ सम्म प्रदेश प्रमुख नतोके माघ २४ गतेको राष्ट्रियसभा निर्वाचन प्रभावित हुने चेतावनी दिएपछि सरकारले मंगलबारै यो काम सक्न लागेको हो। 

तपाईंको बिचार