Sunday, April 21, 2019

मन्त्रिपरिषद्को बैठक सुरु

प्रकाशित मिति: 2018/01/17

काठमाडौं । हिजो स्थगित गरिएको मन्त्रिपरिषदको बैठक प्रधानमन्नी निवास बालुवाटारमा अहिले बसिरहेको छ। राजनीतिक दलबीचमा प्रदेश प्रमुख सिफारिसमा सहमति हुन नसकेपछि हिजो बैठक स्थगित भएको थियो ।

प्रदेश प्रमुखको सिफारि र अस्थायी राजधानी तोक्ने सरकारको तयारी छ। माघ ५ भित्र प्रदेश प्रमुख नियुक्त गरिसक्न निर्वाचन आयोगले ताकेता गरेरहेको छ। माघ ७ गते निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनतर्फ मतदाता नामावली प्रकाशन गर्दैछ। प्रदेश प्रमुख तोकिएको समयमा नियुक्त नभए राष्ट्रियसभा निर्वाचन कार्यतालिका प्रभावित हुने आयोगको चेतावनी छ।

तपाईंको बिचार