Thursday, November 21, 2019

राष्ट्रियसभाको सिट बाँडफाड गर्न वाम कार्यदलको बैठक बस्दै

प्रकाशित मिति: 2018/01/17

काठमाडौं । आज बस्ने वामपन्थी गठबन्धनको संयुक्त कार्यदल बैठकले राष्ट्रियसभाको सिट बाँडफाँड टुंग्यायउने भएको छ । गठबन्धबिच राष्ट्रियसभाका ५६ सिटमा ७०÷३० प्रतिशतको अनुपातमा बाँडफाँड हुने भएको छ ।

अघिल्लो बैठकमा एमालेले निर्वाचन आयोगबाट प्राप्त मत सहितको तथ्याङ्क माओवादी नेताहरुलाई समेत दिएको थियो । बैठकमा माओवादी नेता रामवहादुर थापा बादलले प्रत्येक प्रदेशमा रहेका सम्बन्धित पार्टीको मतसंख्याका आधारमा सिट बाँडफाँट हुने बताएका थिए ।

स्रोतका अनुसार स्थानीय तहका प्रमुख उपप्रमुख र प्रदेशसभाका सांसदहरुको संख्याको आँकडा हेर्दा एमाले ७० प्रतिशत र माओवादी ३० प्रतिशत देखिएपछि सोही अनुसार बाँडफाँड गर्न लागिएको हो । एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा अपरान्ह कार्यदलको बैठक बस्दैछ ।

तपाईंको बिचार