Tuesday, February 19, 2019

प्रदेशको अस्थायी मुकामबारे विवाद, अब मन्त्रिपरिषद बैठक ३ बजे बस्ने

प्रकाशित मिति: 2018/01/17

काठमाडौं । प्रदेशहरुको अस्थायी मुकाम तोक्ने विषयमा विवाद हुँदा आज विहान बसेको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । अस्थायी मुकाम तोक्न बुधबार विहान मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश अस्थायी मुकामसम्बन्धी प्रस्ताव पेश गर्नासाथ मन्त्रीहरुले आ–आफ्नो अडान राखेका थिए ।

प्रधानमन्त्रीको प्रस्तावमा प्रदेश १ को अस्थायी मुकाम विराटनगर प्रस्ताव गरिएको छ । तर, राप्रपा प्रजातान्त्रिकबाट मन्त्री बनेका सुनिलबहादुर थापाले धनकुटा हुनुपर्ने तर्क अघि सारेका छन् । प्रदेश २ को राजधानी जनकपुर प्रस्ताव गरिएको छ भने ३ मा विवाद देखिएको छ । उपप्रधानमन्त्री कमल थापाले हेटौंडालाई अस्थायी मुकाम बनाउनुपर्ने माग राखेका छन् । प्रदेश ४ को अस्थायी मुकाम प्रस्ताव गरिएको छ । ५ को दाङ र बुटवल भन्नेमा मन्त्रीहरुबीच विवाद छ । ६ को सुर्खेत प्रस्ताव गरिएको छ भने ७ मा धनगढी र दिपायल भन्नेमा मन्त्रीहरुको मत बाझिएको छ ।

तपाईंको बिचार