Tuesday, February 19, 2019

सरकारले अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्यो

प्रकाशित मिति: 2018/01/17

काठमाडौं । सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख तोकेको छ । बुधबार दिउँसो बसेको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  मन्त्रिपरिषद बैठकले उक्त विषयको टुंगो लगायएको हो । 

जसअनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीलाई अस्थायी मुकाम तोकिएको छ ।

यसैगरी प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको छ ।

तपाईंको बिचार