Friday, October 18, 2019

धनकुटा तनाब ग्रहस्त, अनिश्चितकालिन कर्फ्यू

प्रकाशित मिति: 2018/01/18
फाईल फोटो
फाईल फोटो

काठमाडौं । सरकारले प्रदेश १ को अस्थायी राजधानी विराटनगरलाई बनाएसँगै बिहीबार बिहानैदेखि धनकुटा तनावग्रस्त बनेको छ । उक्त क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ ।

बिहान साढे ११ बजेदेखि नै लागु हुने गरी कर्फ्यू आदेश जारी गरिएको हो ।कर्फ्यूपूर्वमा बिहीबारे हाट, पश्चिममा घुमाउने चौतारा, उत्तरमा देब्रेवास, लोकसेवा आयोगको कार्यालयसम्म, दक्षीणमा पातले खोलासम्म लगाइएको छ । कर्फ्यू लगाइएको बारे सूचना दिन अहिले ठाउँ ठाउँमा सुरक्षाकर्मीले माइकिङ गरिरहेका छन् । यस्तै यहाँको सुरक्षा व्यवस्था कायम गर्न सुनसरीबाट सुरक्षाकर्मीको थप बल समेत बोलाइएको छ । 

केही सातादेखि प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटावासीले आज विभिन्न सरकारी कार्यलयमा तोडफोड गर्नुका साथै क्षेत्रीय प्रशासको कार्यालयमा आगजनी गरेका थिए । प्रदर्शनकारी र प्रहरीबीच धनकुटाका मुख्य चोकहरुमा झडप र ढुंगा हानाहान भएको थियो । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार गरेको बताएको छ । प्रदर्शन उग्र बन्दै गएपछि थप सुरक्षा बल तैनाथ गरिएपनि नियन्त्रणमा भने आउन सकेको थिएन । प्रदर्शनकारीले क्षेत्रीय कार्यालयमा, डिभिजन कार्यालय लगायतका सरकारी कार्यलयमा आगजनी गरेका थिए । उप प्रशासक सवन्तराज दाहालक्वार्टरमा माथि बसिरहेकोबेलामा प्रदर्शनकारीले आगजनी गरेका थिए। प्रहरीले उनको सकुशल उद्धार गरेको थियो । यस्तै उनीहरुले उच्च अदालत विराटनगरको धनकुटा इजलाशमा पनि तोडफोड गरेका थिए ।

प्रदर्शनमा उत्रिएका स्थानीयले नगरपालिकाको वारुणयन्त्रमा पनि तोडफोड गर्नुका साथै एम्बुलेन्समा पनि तोडफोड गरेका थिए ।

तपाईंको बिचार