Thursday, June 27, 2019

आज नवनियुक्त प्रदेश प्रमुखको शपथग्रहण

प्रकाशित मिति: 2018/01/19

काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखको पद तथा गोपनियताको शपथ आज हुने भएको छ। सरकारको सिफारिस अनुसार प्रदेश प्रमुखलाई नियुक्त गरी पद तथा गोपनियताको शपथ गराउने संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले शपथ गराउन लागेकी हुन् ।

बुधबार सरकारले ७ वटै प्रदेशका प्रमुख नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । त्यसको २ दिनपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखहरुलाई शपथग्रहण गराउन लागेकी हुन् । राष्ट्रपति कार्यालयले नवनियुक्त प्रदेश प्रमुखलाई शुक्रबार अपराह्न ४ बजे शपथग्रहण गराउन लागिएको जानकारी दिएको छ । सरकारले बुधबार सात प्रदेशको अस्थायी राजधानी तोक्दै प्रदेश प्रमुख सिफारिस गरेको थियो। 

जसमा प्रदेश १ का लागि डा. गोविन्द सुब्बा, प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, प्रदेश ६ मा दुर्गाकेशर खनाल र प्रदेश ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख चयन गरिएको छ। 

तपाईंको बिचार