Friday, October 18, 2019

ओली र दाहालबीच छलफल, छिट्टै पार्टी एकता टुंग्याउने

प्रकाशित मिति: 2018/01/19

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच तीन घण्टा छलफल भएको छ । दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म बालकोटमा भएको बैठकमा कार्यदलको रिपोर्ट, प्रदेश सरकारको गठन र राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल भएको बताइएको छ ।

छलफल असाध्यै सकारात्मक र सबै विषयमा खुलेर कुराकानी भएको दाहालका प्रेस सहयोगी मनहरी तिमिल्सिनाले बताएका छन् । उनका अनुसार भोलि थप गृहकार्य गरेर पर्सि एकता संयोजन समितिको बैठक बसेर छिट्टै पार्टी एकता टुङ्गाउने निर्णय भएको छ।

तपाईंको बिचार