Friday, April 19, 2019

आज सातै प्रदेशका सांसदको शपथ ग्रहण हुने

प्रकाशित मिति: 2018/01/21

काठमाडौं । प्रदेशको अस्थायी मुकाममा आज सातवटै प्रदेशसभाका ५५० सांसदहरुको शपथ ग्रहण हुँदैछ । संघीयताको कार्यान्वसँगै आजबाट प्रदेशहरुको गठन र कार्य औपचारिकरुपमा सुरु हुनेछ । 

प्रदेशका सांसदहरुले सपथ प्रहण गरिसकेपछि अब प्रदेशसभाको बैठक बस्ने, प्रदेशका सभामुख चयन गर्ने मुख्यमन्त्री र मन्त्रीहरुको चयन हुने, विभिन्न विधेयकहरु पारित हुने लगायतका कामहरु अगाडि बढ्नेछ । सुरुमा सम्बन्धित प्रदेशका प्रदेश प्रमुखले प्रदेश सांसदहरुमध्ये ज्येष्ठ सदस्यलाई शपथ गराउनेछन् । अन्य सांसदहरूले ज्येष्ठ सदस्यबाट शपथ लिनेछन् । सातवटै प्रदेश मुख्यालयमा फरक फरक समयमा सपथ ग्रहण कार्यक्रम राखिएको छ ।

तपाईंको बिचार