Wednesday, November 13, 2019

दुई नम्बर प्रदेशमा चारवटा भाषाबाट शपथ लिए

प्रकाशित मिति: 2018/01/21

जनकपुर । दुई नम्बर प्रदेशका एक सय ७ जना सांसदले फरक फरक भाषामा शपथ लिएका छन् । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभाका जेष्ठ सदस्य लगनलाल चौधरीलाई नेपाली भाषामा शपग गराएका थिए । 

२३ जनाले नेपालीमा तथा अरुले आआफ्नो मातृ भाषामा शपथ ग्रहण गरेका हुन् । यसमा ४७ जनाले मैथली, ११ जनाले हिन्दी तथा २५ जनाले भोजपुरी भाषामा शपथ लिएका हुन् । प्रदेश सांसदले नेपाली भाषामा शपथ लिन अस्वीकार गरे पछि प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आआफ्नो मातृ भाषामा शपथ लिन स्वीकृत लिनुभएको हो । जेष्ठ सदस्य चौधरीले नेपालीमा सपथ गराउनु भएको थियो । 

प्रदेशसभा सदस्य निर्वाचन सम्बन्धी ऐनले प्रदेश सांसदहरुले आफ्नो मातृ भाषामा शपथ लिन पाउने व्यवस्था गरेको छ ।

तपाईंको बिचार