Sunday, April 21, 2019

राष्ट्रियसभाको उम्मेदवार टुंग्याउने अन्तिम तयारीमा दलहरु

प्रकाशित मिति: 2018/01/23

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले भोली माघ १० गते बुधबारलाई उम्मेदवारी दर्ताको समय तोकेको छ । उम्मेदवारी मनोनयन दर्ता नजिकिएसँगै राजनीतिक दलहरु उम्मेदवार छनोट गर्ने अन्तिम गृहकार्य गरिरहेका छन् । 

प्रत्येक प्रदशेबाट ८ जनाका दरले ५६ जना सदस्य निर्वाचित हुने यो निर्वाचनमा दलहरुले भागबण्डाका आधारमा उम्मेदवारी दर्ता गर्न लागेका छन् । त्यसका लागि उनीहरु आन्तरिक र अन्तरपार्टी छलफलमा समेत केन्द्रीत भएका छन् । वाम गठबन्धनमा रहेका एमाले–माओवादी केन्द्रले यसअघि नै ५६ मध्ये ४३ सिट जित्ने दाबीसहित एमाले २९ र माओवादी १४ सिटमा चुनाव लड्ने योजनाअनुसार उम्मेदवार छनोट गरिरहेका छन् ।

 त्यसमा एमालेले सोमबारको स्थायी समिति बैठकमार्फत प्रदेश नम्बर ५, ६ र ७ मा १३ जनाको नाम सार्वजनिक गरिसकेको छ । बाँकी १, २, ३ र ४ नम्बर प्रदेशमा अरु दलहरुसँग समेत छलफल गरेर मङ्गलबार बेलुकासम्म टुङग्याउँने एमालेको तयारी छ ।

तपाईंको बिचार