Tuesday, June 18, 2019

मधेसमा विकास र समृद्धि चाहिएको छ : प्रचण्ड

प्रकाशित मिति: 2018/01/26

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले वाम गठबन्धनको सरकार बनेपछि मधेसका मुद्दा सम्वोधन गर्न कोशिस गर्ने बताए । राष्ट्रिय जनता पार्टी (राजपा)का कार्यकर्ताहरुलाई शुक्रबार बिहान पार्टी प्रवेश गराउने क्रममा प्रचण्डले भने, मधेसलाई विकास र समृद्धि चाहिएको छ, वामपन्थी सरकारले त्यसमा जोड दिनेछ ।

सबै कुरा शान्तिपूर्ण रुपमा र संविधानको दायराबाट पूरा गर्न सकिने प्रचण्डले बताएका छन् । देश आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढेको भन्दै प्रचण्डले त्यसका लागि प्राविधिक जनशक्तिको महत्वपूर्ण भूमिका रहेको बताएा  । 

कार्यक्रममा माओवादी केन्द्रका नेता प्रभु साहले मधेसमा विद्यमान विभेदको सम्बोधन विकास र समृद्धिबाट सम्भव हुने बताएका थिए। पार्टी प्रवेश गर्दै राजपाको विद्यार्थी संगठनका महासचिव चन्द्र भुषण साहले माओवादी पार्टी नै मधेसी जनताको अधिकारको पक्षमा लड्ने पार्टी भएकाले आफूहरु पार्टी प्रवेश गरेको र निरन्तर क्रियाशील हुने बताए । पार्टी प्रवेश गर्नेहरु अधिकांश इञ्जिनियरिङ क्षेत्रका विद्यार्थी छन् ।

तपाईंको बिचार