Friday, April 19, 2019

कांग्रेसका नेता, कार्यकर्ता अव जनमुखि बन्नुपर्छ :नेता धिताल

प्रकाशित मिति: 2018/01/26

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता विष्णु धितालले कांग्रेसका नेता तथा कार्यकर्ताहरु अव जनतामुखि बन्नुपर्नेमा जोड दिएका छन् । कार्यकर्ताको चाकडीबाज र नेताहरुको आफ्ना मात्रै राम्रा देख्ने परिस्थितीले गएको निर्वाचनमा पराजय भोग्नु परेको भन्दै उनले अव कांग्रेसका नेता देखि कार्यकर्ता सम्म सबै जनमुखि बन्नुपर्ने आवश्यकता औल्याएका हुन । 

उनले संगठन निर्माण र जनताको सेवाका लागि क्षमतावान युवाहरुलाई पार्टी र संगठनको जिम्मेवारी दिन पनि शिर्ष नेताहरुसँग आग्रह गरे । एजेन्डा विकास, सम्बृद्धि र भ्रष्टाचार निमुर्लन अव कांग्रेसको मुल एजेन्डा हुनुपर्ने पनि नेता धितालको तर्क थियो । त्यस्तै उनले सबैले पद मात्रै खोज्ने भन्दा पनि बाहिर बसेर संगठन निर्माणमा योग्दान गर्न पनि आग्रह गरे । 


त्यस्तै एकअर्को प्रसंगमा नेता धितालले सहर देखि गाउँ तह सम्म संगठन सुदृढिकरण  आवश्यक रहेको भन्दै सो अभियान चलायन पनि पदाधिकारीहरुसँग आग्रह गरे । 

 

तपाईंको बिचार