Tuesday, February 19, 2019

एमाले स्थायी कमिटिको बैठक बस्दै

प्रकाशित मिति: 2018/01/30

काठमाडौं । पार्टी एकता, राष्ट्रियसभा निर्वाचन र प्रदेशका मुख्यमन्त्री तथा सभामुखहरुको विषयमा छलफल गर्न भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीसहित स्थायी कमिटी बैठक पार्टी कार्यलयमा बस्दैछ ।

प्रदेशका मुख्मन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहरुको बाँडफाँट संयुक्त कार्यदलले टुंगो लगाइसकेकोले अब एमालेभित्र प्रदेशसभा संसदीय दलको नेता कसरी चयन गर्ने भन्ने बहस भइरहेको छ । प्रदेशमा दलको नेता चुनावबाटै चयन गर्ने कि केन्द्रबाट तोक्ने भन्ने बहस छ । शंकर पोखरेल दलको बैठकबाट चुनिएकाले अरु प्रदेशमा पनि सोही विधि अपनाउनुपर्ने दबाबमा नेतृत्व छ । एमालेको संसदीय दलको नेता लोकतान्त्रिक प्रक्रियाबाटै चयन हुने गरेकाले माथिबाट तोक्न नमिल्ने तर्क गरिएको छ ।

कुन प्रक्रियाबाट मुख्यमन्त्री र सभामुखका उम्मेदवार तय गर्ने भन्ने बारेमा स्थायी कमिटीमा छलफल हुने केन्द्रीय कार्यालय सचिवालयले जनाएको छ । यसबारेमा अध्यक्ष ओलीले वरिष्ठ नेताहरुसँग पनि परामर्श गर्नेछन् ।

तपाईंको बिचार