Wednesday, August 21, 2019

माओवादी केन्द्रले मुख्यमन्त्री र सभामुख प्रदेश इन्चार्जको समन्वयमा चयन गर्ने

प्रकाशित मिति: 2018/01/31

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जको समन्वयमा मुख्यमन्त्री र प्रदेश सभामुख चयन गर्ने भएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादी केन्द्रले पाउने भएको छ । मुख्यमन्त्रीका आकाङ्क्षी धेरै देखिएपछि प्रदेश इन्चार्जसँग छलफल गरेर केन्द्रले निर्णय गर्ने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

दुई दलबीचको सहमतिअनुसार एमालेले प्रदेश १, ३, ४ र ५ तथा माओवादी केन्द्रले प्रदेश नं ६ र ७ मा मुख्यमन्त्रीमा उम्मेदवारी दिने भएका छन् । त्यसैगरी प्रदेश सभामुखमा एमालेबाट प्रदेश १, ३, ६ र ७ तथा माओवादी केन्द्रबाट प्रदेश ४ र ५ मा उम्मेदवारी दिने सहमति भएको छ ।

त्यस्तै प्रदेश ४ र ५ एमालेले १, ३, ६ र ७ मा माओवादी केन्द्रले उपसभामुख लिने सहमति भएको छ । माओवादी केन्द्रको तर्फबाट प्रदेश ६ मा महेन्द्रबहादुर शाही र नरेश भण्डारी मुख्यमन्त्रीमा आकाङ्क्षी देखिएका छन् । त्यस्तै प्रदेश ७ मा वीरमान चौधरी, झपट बोहोरा र त्रिलोचन भट्ट चर्चामा छन् । –रासस

तपाईंको बिचार