Tuesday, February 19, 2019

भारतीय विदेशमन्त्री सुषमा स्वराज आज नेपाल आउँदै

प्रकाशित मिति: 2018/02/01

काठमाडौं । भारतीय विदेशमन्त्री सुषमा स्वराज दुई दिने नेपाल भ्रमणका लागि आज नेपाल आउँदैछिन् । उनी अपराह्न तीन बजे नेपाल आउने भएकी हुन् ।

काठमाडौं आएलगत्तै उनले राजनीतिक भेटवार्ता गर्ने बताइएको छ । उनले शुरुमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने तयारी गरेकी छन् । स्वराजले आजै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र मधेसकेन्द्रित दलका नेतासँग पनि छलफल गर्ने तयारी छ । तर, भेटवार्ताको समय र स्थान भने तय भइसकेको छैन ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ताको कार्यक्रम निर्धारण गरिएको छ । शुक्रबार नै उनले पशुपतिनाथ मन्दिरको दर्शन गर्नेछिन् । शुक्रबार अपराह्न चार बजे उनी स्वदेश फर्किने छिन् ।

तपाईंको बिचार