Sunday, April 21, 2019

भारतीय विदेशमन्त्री स्वराज राजनीतिक भेटवार्तामा व्यस्त

प्रकाशित मिति: 2018/02/02

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आज औपचारिक राजनीतिक भेटघाट गर्दैछिन्। स्वराजले पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी छन् ।

भेटमा द्धिपक्षीय हितका विषयमा छलफल भएको प्रचण्डले जानकारी दिए। सद्भाव र सहयोग विकासको लागि भारतको सहयोग हुन्छ भन्नुभयो। अरु महत्वपूर्ण कुराहरु केही नभएको जानकारी गराए  । 

स्वदेश फर्कनुअघि आजै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नेछिन्। राष्ट्रपति भण्डारीसँग १२ बजे भेटको कार्यक्रम तय भएको छ। राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्री देउवासँग भेट गर्ने कार्यक्रम छ।

स्वराज दुई दिने भ्रमण सकेर आजै दिउँसो ३ बजे स्वदेश फर्कने कार्यक्रम छ।

तपाईंको बिचार