Friday, October 18, 2019

प्रधानमन्त्री र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

प्रकाशित मिति: 2018/02/02

काठमाडौं ।  नेपाल भ्रमणको क्रममा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता भइको छ । 

भेटमा स्वराजले नेपालको निर्वाचन सम्पन्न भएकोमा प्रधानमन्त्री देउवालाई बधाई दिएका थिए। त्यसैगरी देउवाले बालुवाटारमा विदेशमन्त्री स्वराजका लागि दिवा भोज आयोजना गरेका छन्। बिहिरबार काठमाडौं आइपुगेकी विदेशमन्त्री स्वराज दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन्। यसअघि उनी राष्ट्रपति निवास शीतल निवास पुगी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेकी थिइन्।

यसअघि विदेशमन्त्री स्वराजले एमाले अध्यक्ष केपी ओली,  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राजपाका नेताहरु र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेकी थिइन्।

स्वराज दुई दिने भ्रमण सकेर आजै दिउँसो ३ बजे स्वदेश फर्कने कार्यक्रम छ ।

तपाईंको बिचार