Friday, April 19, 2019

चार वटा प्रदेशको पहिलो अधिवेशन आज

प्रकाशित मिति: 2018/02/04

काठमाडौं । प्रदेश नम्बर २, ५, ६ र ७ को प्रदेश सभाको पहिलो अधिवेशनको पहिलो बैठक आज हुँदैछ । संघीय संरचनामा पहिलो पटक प्रदेश सभाका अधिवेशनहरु भएको हो ।

बैठक सञ्चालनका लागि यसअघि नै संघीय संसद् सचिवालयबाट कर्मचारी सम्वन्धित प्रदेश सभा सचिवालयमा पुगिसकेका छन् । प्रदेश नम्बर ३ को अधिवेशन माघ १८ गतेबाट नै सुरु भइसकेको छ। प्रदेश ४ को अधिवेशन सोमबारका लागि बोलाइएको छ।

अधिवेशनमा भाग लिन अधिकांश सांसद् तोकिएको मुकाम पुगिसकेका छन्। सभामुख चयन नभएका कारण सबै प्रदेशको बैठक ज्येष्ठ सदस्यले सञ्चालन गर्नेछन्।  
पहिलो बैठकमा सबै प्रदेश सभाका कार्यसूची करिव साझा छन्। पहिलो बैठकमा प्रदेश प्रमुखबाट अधिवेशन आह्वानका लागि गरिएको पत्र पढेर सुनाइँनेछ। भने, शहीदको सम्झनामा मौनधारण हुनेछ,। यस्तै, ज्येष्ठ सदस्य र राजनीतिक दलका प्रतिनिधिले सभालाई सम्वोधन गर्नेछन्। 

तपाईंको बिचार