Wednesday, October 23, 2019

प्रदेश १ र ४ मा प्रदेश सभाको पहिलो बैठक आज बस्दै

प्रकाशित मिति: 2018/02/05

काठमाडौं । प्रदेश सभा अधिवेशन अन्तर्गत आज प्रदेश नम्बर १ र ४ को पहिलो अधिवेशन सुरु हुँदैछ। प्रदेश नम्बर १ को बिराटनगर र प्रदेश नम्बर ४ को पोखरामा प्रदेशसभा बैठक बस्ने तयारी भइरहेको छ । 

दुवै प्रदेशमा अन्तरिम कार्यविधि पारित गरी सभामुख निर्वाचनको मिति तय गर्ने पहिलो कार्यसूची रहेको छ । प्रदेश १ मा ओमप्रकाश सरावगीको अध्यक्षतामा दिउँसो १ बजे बैठक बस्दैछ । 

प्रदेश नम्बर ४ मा विहान ११ बजे ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठको अध्यक्षतामा बैठक बस्नेछ । बैठकका लागि ११ जिल्लाका सबै सांसद पोखरा पुगिसकेका छन् । 

यसअघि हिजो प्रदेश नम्बर २, ५, ६ र ७ मा प्रदेशसभाको पहिलो बैठक बसेको थियो । प्रदेश नम्बर ३ मा भने १८ गते पहिलो बैठक बसेको थियो । आजको बैठकसँगै सबै प्रदेश संघीयता अभ्यासको बाटोमा औपचारिक रुपमा प्रवेश गर्नेछन् । 

तपाईंको बिचार