Friday, October 18, 2019

सुमार्गीको पैसा नरोक्न सर्वोच्चको आदेश

प्रकाशित मिति: 2018/02/06

काठमाडौं । सर्वोच्च अदालतले व्यापारी अजयराज सुमार्गीको विदेशबाट आएको रकम नरोकी उनलाई भुक्तानी दिनका लागि नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।

 सुमार्गीको कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिले हालेको मुद्दामा सर्वोच्चले मंगलबार अन्तरिम आदेश दिएको हो। न्यायाधीश तेजवहादुर केसीको एकल इजलासले नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकमा रोकिएको करिव साढे तीन अर्ब रुपैयाँ भुक्तानी गर्ने बाटो खुलाइ दिएको हो ।

अदालतले सुमार्गीको पैसा रोक्नु पर्ने कानुनी आधार नभएको र लगानी बोर्डले विदेश फिर्ता नलैजाने सर्तमा स्वीकृति दिएकाले रकम भुक्तानीका लागि आदेश दिएको छ । 

तपाईंको बिचार