Tuesday, February 19, 2019

राष्ट्रियसभा निर्वाचनको मतदान हुँदै

प्रकाशित मिति: 2018/02/07

काठमाडौं । राष्ट्रिय सभाको मतदान देशैभरि भईरहेको छ । आज छ वटा प्रदेशमा मतदान सुरू भएको छ भने प्रदेश २ को निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रदेश ३ को निर्वाचन ललितपुरको जावलाखेलमा भइरहेको छ । प्रदेश ३ मा कुल  २३८ जना र ११० प्रदेश सांसद गरी जम्मा ३४८ मतदाता छन् । जावलाखेलस्थित ललितपुर महानगरपालिकाको ४ नम्बर वडा कार्यालयमा मतदान केन्द्र तोकिएको छ। 

प्रदेश १ को विराटनगरस्थित विरेन्द्र सभागृहमा, प्रदेश ४ को पोखरास्थित लोकसेवा आयोगको कार्यालय परिसरमा, प्रदेश ५ को दाङस्थित कर्मचारी मिलन केन्द्रको भवन,
  प्रदेश ६ को सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालयमा र प्रदेश ७ को डोटी सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माविमा निर्वाचन केन्द्र तोकिएको छ ।

राष्ट्रियसभा निर्वाचनमा एउटा प्रदेशबाट ८ जना निर्वाचित हुने व्यवस्था छ । जसमा ३ जना खुला, ३ जना महिला, एक जना अपांग वा अल्पसंख्यक र एक जना दलित सदस्य रहन्छन् ।

तपाईंको बिचार