Sunday, February 24, 2019

६ वटा प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन सम्पन्न

प्रकाशित मिति: 2018/02/07

काठमाडौं । राष्ट्रिय सभाको ६ वटा प्रदेशमा निर्वाचन सम्पन्न भएको छ । प्रदेश २ मा भने यसअघि नै सबै सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रदेश १, प्रदेश ३, प्रदेश ६ मा शतप्रतिशत मतदान भएको छ । प्रदेश ४ बाट प्रदेश सभा सदस्यमा निर्वाचितका स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) बाहेक सबैले मतदान गरेका छन् । प्रदेश ५ मा संघीय समाजवादी फोरमबाट निर्वाचित विना पन्त र अहमद साह बाहेक सबैले मतदान गरेका छन् । प्रदेश ७ मा राजपाका सांसद कृष्णकुमार चौधरी र मालती राना थारुले मतदान गरेनन् ।

सबै प्रदेशको निर्वाचन परिणाम भोलि बिहानसम्म आइपुग्ने निर्वाचन आयोगले जनाएको छ । 

तपाईंको बिचार