Tuesday, February 19, 2019

प्रतिनिधिसभाको समानुपातिक सिट आज बाँडफाँट हुने

प्रकाशित मिति: 2018/02/08

काठमाडौं । राष्ट्रियसभा निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको अन्तिम मतपरिणाम आज सार्वजनिक गर्ने भएको छ। आयोगले आजै सिट बाँडफाँट गरेर दलहरुलाई समानुपातिक समावेशी सिद्धान्त अनुसार सदस्य सिफारिसका लागि पत्राचार गर्नेछ।

निर्वाचन आयोगका प्रवक्ताका अनुसार समानुपातिकको सिट बाँडफाँट गरेर आजै सदस्य सिफारिसका लागि दलहरुलाई तीन दिनको समयसहित पत्राचार गर्ने भएको छ। दलहरुले पठाएको सूचीमा कुनै परिमार्जन आवश्यक भएमा थप दुई दिन समय दिइने छ । 

अबको पाँच दिनभित्र प्रतिनिधिसभाको मतपरिणाम राष्ट्रपतिलाई हस्तान्तरण गर्ने आयोगको तयारी छ। राष्ट्रियसभाको अन्तिम मतपरिणाम भने ढिलामा सात दिनभित्र बुझाइसक्ने ऐनको प्रावधान अनुसार काम हुने प्रवक्ता बताए।

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत पूरै देशलाई एक निर्वाचन क्षेत्र मानी दलहरुले पाएको कूल सदर मत संख्याको अनुपातमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार मत परिणाम विभाजक सूत्रका आधारमा सिट संख्या बाँडफाँट गरिन्छ।

तपाईंको बिचार