Friday, April 19, 2019

डोरमणी पौडेल ३ नम्बर प्रदेश संसदीय दलको नेतामा निर्वाचित

प्रकाशित मिति: 2018/02/09

काठमाडौं । नेकपा एमाले प्रदेश ३ को संसदीय दलको नेता डोरमणि पौडेल निर्वाचित भएका छन् । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई हराउँदै पौडेल शुक्रबार दलको नेता चयन भएका हुन् । 

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा आज भएको मतदानमा पौडेलले ३४ मत प्राप्त गरेर विजयी हुनभएको हो । उहाँका प्रतिस्पर्धी पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले २४ मत प्राप्त गर्नुभयो । 

दलको नेतामा विजयी पौडेल एमाले अध्यक्ष केपी ओली पक्षका हुन् भने शाक्य नेता माधव नेपाल समूहकी हुन् । यसअघि संसदीय दलको नेताका आकांक्षी रहेका राजेन्द्र पाण्डेले उम्मेदवारी दर्ता नगरेपछि शाक्य र पौडेल प्रतिस्पर्धामा उत्रिएका हुन् । 

तपाईंको बिचार