Thursday, August 22, 2019

प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित

प्रकाशित मिति: 2018/02/09

विराटनगर । प्रदेश १ को संसदीय दलको नेतामा एमालेका शेरधन राई निर्वाचित भएका छन् ।  संस्थापन पक्षबाट राई र माधवकुमार नेपाल समूहबाट भीम आचार्य चुनावी प्रतिस्पर्धामा थिए । राईले २६ मत पाए भने आचार्यले २४ मत ल्याएर उपविजेता बनेका थिए । 

मुख्यमन्त्रीका अर्का दावेदार जीवन घिमिरेलाई भने नेपाल समूहले अन्तिम चरणमा ब्याक गराएका थिए । तर, पार्टी सचिव एवं प्रदेश संयोजक आचार्यलाई दुई मतान्तरले गर्दै राई संसदीय दलको नेता निर्वाचित भएका छन् ।

तपाईंको बिचार