Thursday, June 20, 2019

पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को संसदीय दलको नेतामा निर्विरोध चयन

प्रकाशित मिति: 2018/02/11

पोखरा । एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ प्रदेश नम्बर ४ को संसदीय दलको नेतामा निर्विरोध चयन भएपछि मुख्यमन्त्री बन्ने भएका छन् ।

मुख्यमन्त्रीका लागि एमालेमा पृथ्वीसुब्बासँगै प्रदेश इन्चार्ज किरण गुरुङको दाबी थियो । दुबै नेता संस्थापन समूहका हुन् र चुनाव हुने अवस्था आएपछि सहमति जुटाउने प्रयासमा केन्द्रबाट महासचिव ईश्वर पोखरेल पोखरा पुगि सहमति गराएका थिए । 

तपाईंको बिचार