Tuesday, February 19, 2019

ओली प्रधानमन्त्री दाबीको पत्र राष्ट्रपति कार्यालय पेस

प्रकाशित मिति: 2018/02/15

काठमाडौं । प्रधानमन्त्री नियुक्तिका लागि एमाले अध्यक्ष केपी शर्मा ओली दाबी पत्र  राष्ट्रपति कार्यालयमा पेस गरेका छन् । ओलीसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सँगै शितलनिवास पुगेका थिए । 

प्रधानमन्त्री शेरबहादुर देउवाको पनि मन्त्रिपरिषद् बैठक जारी छ । मन्त्रिपरिषद् लगत्तै राजीनामा दिने तयारी छ ।

संविधानको धारा ७६ को व्यवस्था अनुसार एकल बहुमतप्राप्त संसदीय दलको नेता प्रधानमन्त्रीको पहिलो दाबेदार रहनेछन्। हालको अवस्थामा कुनै पनि दलको एकल बहुमत छैन। बहुमत नभएको अवस्थामा एकभन्दा बढी दलबाट बहुमतप्राप्त संसदीय दलको नेता प्रधानमन्त्री चयन हुने व्यवस्था छ। राष्ट्रपतिबाट प्रधानमन्त्री चयन हुने संवैधानिक प्रावधान छ ।

तपाईंको बिचार